तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले टुङ्ग्यायो मन्त्रीको नाम

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफ्ना तर्फबाट पठाउने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ ।

प्राप्त जानकारी अनुसार कांग्रेसका तर्फबाट उपप्रधानमन्त्रीसहित प्रकाशमान सिंहले नेतृत्व गर्नुहुने भएको छ ।

नेताहरू रमेश लेखक गृह, आरजु राणा परराष्ट्र, दिपक खड्का ऊर्जा, ऐनबहादुर शाही बन, अजय चौरसिया कानुन, तेजुलाल चौधरी युवा तथा खेलकुद, बद्री पाण्डे पर्यटन, प्रदीप पौडेल स्वास्थ्य र रामनाथ अधिकारी कृषि मन्त्री हुनुहुने छ । 

अहिले प्रधानमन्त्री ओलीको शपथसँगै नवनियुक्त मन्त्रीहरूको पनि शपथ ग्रहण हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button