तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी समायोजनको प्रक्रिया अगाडी बढी सकेको छ : गृहमन्त्री लेखक

जनकपुरधाम। गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजनको प्रक्रिया अगाडी बढाउने काम भएकाले चाडै प्रहरी समायोजन हुने बताउनु भएको छ ।

गृहमन्त्री लेखकले जनकपुरधाम विमान स्थलमा आज बिहान पत्रकारहरूसँग कुरा गर्दै मधेश प्रदेश सरकारको आफ्नै प्रहरी हुनेमा ढुक्क रहनका लागि आग्रह गर्नु भयो ।

उहाँले वर्तमान सरकार मुलुकमा सुशासन, शान्ति सुरक्षा तथा स्थिर सरकार दिने पक्षमा रहेको बताउँदै त्यसै अनुसार सरकारले कामकाज गरिरहेको बताउनु भयो ।

एक प्रश्नको जवाफमा वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका प्रतिबद्ध रहेको बताउँदै गणतन्त्रको विरुद्धमा ठूला दलबाट षड्यन्त्र भएको विषयमा कुनै सत्यता नभएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button