तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गमकी डाक्टर भनेर चिनिएकी सरोजा ‘ह्युमान हर्मोनी’  अवार्डबाट सम्मानित 

मुगु । लामो समय दुर्गम जिल्ला मुगुमा बसेर स्वास्थ्य क्षेत्रमा योगदान दिनुभएकी सरोजा बुढथापालाइ ‘ह्युमान हर्मोनी’   अवार्डबाट सम्मानित गरिएको छ । 

बुढथापालाइ दुर्गम जिल्लामा बसेर कैयौँ कठिनाइका बावजुत आमामा तथा नवजात शिशुको ज्यान जोगाएर योगदान दिएको भन्दै मानव सद्भाव नेपालले सम्मानित गरेको हो ।

महिला बालबालिका तथा जेष्टनागरिक मन्त्री नवल किशोर शाहले सोमबार एक कार्यक्रमका बिच सामाजिक कार्यकर्ता सरोजा बुढथापालाइ सम्मान सहित ‘हुमेन हर्मोनी’ अवार्ड २०२४ हस्तान्तरण गर्नु भएको थियो ।

सम्मानित बुढथापाले मुगु जिल्ला अस्पताल सहित विभिन्न स्वास्थ्य सस्थाहरुमा कार्यरत रहँदा ३००० महिलालाई स्वास्थ्य संस्था बाहिर र ५००० महिलालाई स्वास्थ्य सस्थाहरुमा सुरक्षित प्रसूति गराउनु भएको थियो । 

माओवादी जनयुद्धका बेला जिल्ला अस्पताल मुगुका प्राय स्टाफहरू अस्पताल छोडेर बाहिर बस्दा बुढथापाले भने कहिल्यै जिल्ला अस्पताल छोड्नु भएन राती दिउँसो विभिन्न बिरामीहरूलाई सेवा दिनुभयो । सबैले अस्पताल छोड्दा पनि तत्कालीन राज्य सत्ता सञ्चालनमा सहयोग गरेको भन्दै माओवादिहरुले जिल्ला अस्पतालबाट उहाँलाई अपहरण गरेका थिए । १५ दिनसम्म अपहरित हुँदा उहाँले माओवादीका गयौ बिरामी कार्यकाको उपचार गरेको सुनाउनु भयो ।

२०४३ सालमा स्वास्थ्य सेवामा प्रवेश गर्नुभएकी नर्स बुढथापाले ३० वर्ष मुगुको स्वास्थ्य क्षेत्रमा सेवा गर्नुभयो । 

देश सङ्घीयता गएपछि कर्मचारीहरू तीन तहका सरकार मातहतमा समायोजन भए म पनि स्थानीय तहमा समायोजन भए मलाइ जुम्ला जिल्लाको हिमा गाउँपालिकामा खटाइयो ।

“जुम्लाको  दुर्गम पालिकामा पनि मुगुपछि स्वास्थ्य क्षेत्रमा सेवा गर्ने हुटहुटी थियो”, उहाँले भन्नुभयो, “मलाइ गाउँपालिकाले पद अनुसारको काम दिएन मैले एक वर्ष काम विहीन भएर दिन बिताउनु प¥यो र अन्ततः मैले आफ्नो सेवा अवधि हुँदै तीन वर्ष अगावै राजीनामा दिएँ ।” उहाँ सेवा निवृत्त भए पनि ज्येष्ठ नागरिक, आमा तथा बालबालिकाको सेवामा तल्लीन हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button