तपाईँ सुन्दै हुनुहुन्छः

बजेट अभावमा खजुरा पुल अलपत्र

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने खजुरा खोलामा पुल निर्माण कार्य अलपत्र बनेको छ ।

२०७७ पुषमा निर्माण कम्पनी श्रीमृत सञ्जीवनी सेवा सँग ठेक्का सम्झौता भई २०७९ चैत्र बाट काम सुरु भएको पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन ।९ करोड ७७ लाखको लागतमा निर्माण हुने भनिएको पुल बजेट अभावमा अलपत्र बनेको हो ।

७५ मिटर लम्बाई र ११ मिटर चौडाई रहने पुलको निर्माण कार्य ३० महिना भित्र सक्नु पर्ने भएपनी हालसम्म पुलको एउटा मात्रै पिल्लर (फाउन्डेसन )तयार भएको छ ।बजेट अभावकै कारण पुल निर्माणको काम ठप्प भएको सडक डिभिजन कार्यालय पुल महाशाखाका इन्जिनियर सन्तोष भण्डारीले बताउनु भयो ।

सुरुमा ६० लाख रुपैयाँ मात्रै बिनियोजन भएको र अहिले चालू आर्थिक वर्षमा ४७ लाख मात्र बिनियोजन भएकोमा ठेकेदारले फाउन्डेसनकै काम सुरु गर्दा अघिल्लो बर्सकै भुक्तानी लिन बाकी रहेकाले चालू आबको बजेट समेत भुक्तानी भैसकेको इन्जिनियर भण्डारीले जानकारी दिनुभयो ।”अहिले जम्मा ४७ लाख रुपैयाँ मात्रै बिनियोजन भएकोमा पहिलेको कामकै भुक्तानी दिन बाकी थियो त्यो भुक्तानी दिँदा अब ११/१२ लाख मात्रै बाकी होला”भण्डारीले भन्नू भयो ।

काम सुरु भई पुल निर्माण कार्यले गति लिन नसकेपछि बर्दघाट नगरपालिकाको पटक पटकको ताकेता र पहल पछि ठेकेदार कम्पनीले केही दिन काम गरेर पहिलो फाउन्डेसन तयार गरेको थियो ।हाल बजेट नै बिनियोज नभएका कारण पुल निर्माणकार्य ठप्प छ ।२०७९ चैत्र १२ गते पुलको शिलान्यास गरिएको थियो ।

पुल नहुँदा घुमाउरो लामो दुरीको बाटो प्रयोग गर्नु पर्दा स्थानिकलाई बर्षायाममा निकै सास्ती हुने गरेको छ ।पुल निर्माण पछि त्रिवेणी धाम सम्म पुग्न र त्यस क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने विश्वास लिईएपनि निर्माण कार्य अलपत्र बन्दा स्थानीय निरास बनेका छन् ।थप बजेटको सुनिश्चितता नभै निर्माण कार्य अघि नबढ्ने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button