तपाईँ सुन्दै हुनुहुन्छः

चितवन पहिरो :  दुई बस बेपत्ता घटनाले मधेस शोकमा 

वीरगंज । चितवनको नारायणगढ मुग्लिन सडकको सिमलतालमा आज बिहान साढे तीन बजे तिर पहिरोमा खसेर बेपत्ता भएका दुई वटा बसमा सवार झण्डै ६० भन्दाबढी यात्रुहरू पर्सा र रौतहटका स्थानीय रहेको प्रारम्भिक अनुमान गरिएको छ । आफन्तहरू बेपत्ता भएको घटनाको खबरसँगै यत्तिखेर मधेस शोकमा डुबेको छ । 

बसको खोजी गर्न त्रिशूली नदीमा गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको बिपत व्यवस्थापन तालिम शिक्षालय कुरीनटारबाट खटिएको गोताखोर टोलीले खोज तथा उद्धार शुरु गरेको छ । 

वीरगन्जबाट काठमाडौँ गइरहेको बाग्मती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाण्डौबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बसलाई आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा लेदो माटो सहितको पहिराले बगाएर त्रिशूली नदीमा खसेपछि बेपत्ता भएका थिए । 

बसमा चालक सहित ६० भन्दिबढी यात्रु रहेको र यात्रुहरू मध्ये अधिकांश पर्सा र रौतहटका र केही भारतीय नागरिक समेत रहेको प्रहरीले जनाएको छ ।

६० भन्दिबढा स्थानीय बासिन्दा बेपत्ता भएको घटनाले अहिले मधेस प्रदेशको पर्सा र रौतहटमा शोक छाएको छ । 

वीरगन्जबाट हिँडेको एन्जल डिलक्सको बस धनी राजेन्द्र केसी, चालक जवाहिर महतो, सहचालक राजकुमार चौधरी सहित वीरगंज पिपराका प्रकाश पटेल , अरबिन्द कुमार दुबे, हरेन्द्र पण्डित , परमानन्द पण्डित, विद्यानन्द नारायण राउत, सलिम मियाँ, सैफुल आलम, सुजित सहित १५ जना सवार रहेको एन्जल डिलक्स बसको वीरगंजको नयाँबसपार्कमा रहेको टिकट काउन्टरबाट जानकारी प्राप्त भएको छ । 

सो बसमा भारतीय नागरिक महम्मुद अन्सारी, सन्तोष ठाकुर,सुरेन्द्र साह, आबिद मियाँ, सुनिल साह, साहजवाद समेत रहेको अभिलेख एन्जल बसको काउन्टरबाट प्राप्त भएको छ । 

बसमा सवार पर्सा रघुनाथपुरका सलिम मिया र उनका पत्नी जैनबर खातुन काठमाडौँस्थित सहिद गङ्गालालमा उपचारका लागि हिँडेका थिए । बस हराएसँग हराइरहेका दम्पतीले उपचारका लागि घरबाट ४ लाख ९६ हजार रुपैयाँ र आवश्यक पर्दा सहयोगका लागि वडा कार्यालयको सिफारिस पनि बोकेर गएका थिए । 

बस पहिरोमा पुरिएर यात्रारत सबै यात्रु बेपत्ता भएपछि काठमाडौँ हिँडेका मिया दम्पती पनि बेपत्ता भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button