तपाईँ सुन्दै हुनुहुन्छः

संविधान संशोधन गर्न कुनै कार्यदल बनाउने सहमति भएको छैन : एमाले अध्यक्ष ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशील कुरा भएकाले समय अनुकुल संसोधन गर्नुपर्ने बताउनुभएको छ ।
ललितपुरको च्यासलस्थित केन्द्रिय कार्यालयमा जारी एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले विकास निर्माण र जनताका आवश्यकतालाई केन्द्र राख्दै भ्रष्टचार रोक्न एमाले कांग्रेस मिलेर सरकार बनाउन लागेको बताउनुभयो ।
बैठकमा अध्यक्ष ओलीले संघीयतालाई सफल बनाउने दिशामा जानुपर्ने भन्दै एमाले र कांग्रेस मिल्दा प्रदेश र संघमा स्थिरता हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले, एमाले र कांग्रेस मिल्दा संविधान अराजकता, अन्योल र अस्थिरतातिर जाने भो भनेर भ्रम फैल्याइएको र निजी तथा दलगत स्वार्थका लागि महिना महिनामा सरकार फेर्ने जस्ता अस्थिर गतिविधि भएकाले मुलुकलाई स्थिरतातिर लैजान एमाले र कांग्रेस मिलेको बताउनुभयो ।
बैठकमा अध्यक्ष ओलीले संघीयतालाई सफल बनाउन आवश्यकता अनुसार संविधान संशोधन गर्ने भनिए पनि कसैको नेतृत्वमा आयोग नै बनाउने सहमति कांग्रेससँग भईनसकेको प्रष्ट पार्नुभयो ।

जारी बैठकमा समसामयिक परिरिस्थितिका बारेमा छलफल हुनुका साथै नयाँ सरकार गठन, गत वर्षको कामको समीक्षा र यस वर्षको कार्ययोजनाको बारेमा छलफल हुने नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button