तपाईँ सुन्दै हुनुहुन्छः

गँड्यौलाबाट कम्पोष्ट मल उत्पादन सुरु

गुल्मी। रासायनिक मलको प्रयोगमा कमी ल्याउने उद्देश्यले गुल्मीमा गँड्यौलाबाट घरमै कम्पोष्ट मल उत्पादन सुरु गरिएको छ ।

पछिल्लो समयमा रासायनिक मलको प्रयोग बढी भएकाले त्यसको प्रतिस्थापन गर्नका लागि धुर्कोट आर्गनिक कृषि तथा गड्यौला मल उत्पादन फर्मले मल उत्पादन गर्न थालेको हो । 

गँड्यौलाबाट उत्पादित मलको प्रयोग गर्दा रासायनिक मलको माग घटने र माटोको उर्वराशक्ति बढेर उत्पादकत्वसमेत वृद्धि हुनेछ । पछिल्लो समय केही किसानले धान, गहुँ, मकै र तरकारी खेतीमा गड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढ्दो रहेको धुर्कोट गाउँपालिका ५ का स्थानीय ढुण्डीराज भण्डारीको भनाई छ ।

स्वच्छ कृषि खेतीका लागि गड्यौला मल उत्तम हुने भएकाले गुल्मीमा मल उत्पादन गर्न थालिएको छ । गड्यौला मलको प्रयोग गरी लगाइएको अन्नबालीले खाद्य तथा पोषणमा समेत टेवा पुग्ने उदेशयले मल उत्पादन गन सुरु गरिएको हो । यस मलको प्रयोगले बोट बिरुवा तथा अन्नबाली राम्रो हुने र उत्पादनमा समेत वृद्धि हुने धुर्कोट गाउँपालिका ५ का स्थानीय खिमानन्द भण्डारीले बताउनुभयो । 

गाउँमै मल उत्पादन फर्म खुलेपछि रासायनिक मलमा भएको निर्भरता पनि हट्दै जाने कार्यालयले विश्वास लिएको छ । हाल २६ क्विन्टल मल बिक्री गरेको र आठ क्विन्टल मल उत्पादन गरेर तयारी अवस्थामा रहेको फर्म सञ्चालक खिमानन्द भण्डारीले बताउनुभयो । मल प्रति केजी ३० रुपियाँको दरले बिक्री वितरण हुँदै आएको छ ।  हाल चार केजीको बोरामा मल प्याकिङ गरिएको छ  ।

कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले यस वर्ष माटो व्यवस्थापन कार्यक्रम मार्फत पाँच लाख पाँच हजार ९४३ रुपियाँ सहयोग गरेको बताउनुभयो । पहिले माटो परीक्षण गरी फर्मलाई सहयोग गरिएको हो । यसका साथै फर्मबाट उत्पादित मलको ल्याब परीक्षण गरेर मात्र प्रयोगमा ल्याएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button