तपाईँ सुन्दै हुनुहुन्छः

भारतको राजपुरमा मोटरसाइकल दुर्घटना हुँदा तिन जना नेपालीको मृत्यु

बाँके । बाँकेको नरैनापुर सँग सिमाना जोडिएको भारतको बघौडा ताल देखि ५ किलोमिटर पूर्व राजपुर मोडमा मङ्गलवार राति साढे ८ बजे ट्र्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा आगलागी भएको थियो ।

मोटरसाइकलमा आगलागी हुँदा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं १ खासकुश्मा घर भएका मोटरसाइकल चालक गोबर्धन घर्तिको घटना स्थलमा मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा सवार अन्य दुईजना गम्भीर घाइते भएका थिए । मङ्गलवार भारतबाट नेपालको भौवा नाका तर्फ जाँदै गरेका रा ४ प ७६५ नम्बरको मोटरसाइकल भारतीय ट्र्याक्टरमा एकापसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा आगलागी भएको बघौडा बजारका व्यापारी मोहम्मद इबरारले जनाकारी दिनु भयो।

घाइतेहरू राम बहादुर सिंह र कल्पना को श्रावस्ती जिल्ला अस्पताल भिन्गामा उपचारमा क्रममा गत राति नै मृत्यु भएको राजपुर थानाका प्रमुख अजय सिंहले जानकारी दिनु भयो । उहाँले भन्नुभयो मृतक तिनै जनाको शवलाई भिन्गा जिल्ला अस्पतालमा राखिएको छ । सिंहले मृतकहरूको परिवार समक्ष खबर पुर्‍याइदिन आग्रह गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button