तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादीसहित राश्वपा र माओवादीका ३७ जना नेता कार्यकर्ता एमालेमै फर्किए

नवलपरासी पश्चिम् । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाबाट विगतमा नेकपा एमाले परित्याग गरी अन्य पार्टीमा आस्थावान् रहेका नेकपा समाजवादीका ३७ जना नेता कार्यकर्तासहित रास्वपा र माओवादीका नेता एमालेमा फर्केका छन् ।

एमालेले सञ्चालन गरेको घर फर्क अभियान अन्तर्गत आज बर्दघाटमा आयोजित कार्यक्रममा राश्वपा,समाजवादी र माओवादीबाट ३७ जना नेता कार्यकर्ताहरू नेकपा एमालेमा नै फर्केको नेकपा एमालेका जिल्ला सचिव धिरज शर्मा बस्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा एमालेका केन्द्रिय कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक निर्माण तथा सिँचाइ मन्त्री भुमिस्वर ढकालले नेकपा एमालेलाई दरिलो र मजबुत बनाउने पुराना पार्टीका नेता कार्यकर्ताहरू केही समय पार्टीबाहिर भए पनि अब पार्टीसँगै जोडिएर जिम्मेवारी लिएर पार्टीलाई थप मजबुत बनाएर लैजान आग्रह गर्नु भएको थियो ।

एमालेका नवलपरासी पश्चिमका अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले एमाले पार्टीमा फर्केका नेता तथा कार्यकर्ताहरूलाई पार्टीको बैठकमा बसेर छलफलका आधारमा जिम्मेवारी समेत प्रदान गरिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button