तपाईँ सुन्दै हुनुहुन्छः

श्रीलङ्काको पर्यटन आम्दानी दुई अर्ब अमेरिकी डलरभन्दा बढी

कोलम्बो । श्रीलङ्काले सन् २०२४ को पहिलो आठ महिनामा पर्यटनबाट दुई अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको देशको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

उक्त अवधिमा श्रीलङ्काले दुई अर्ब १७ करोड डलर कमाएको छ । यो सन् २०२३ को सोही अवधिको तुलनामा ६६ दशमलव एक प्रतिशतले बढी हो ।

सोही अवधिमा पर्यटक आगमनमा पनि ५० दशमलव सात प्रतिशतले वृद्धि भएको र सन् २०२४ को पहिलो आठ महिनामा १३ लाख ६० हजार पर्यटक आएको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ ।

सन् २०२४ अगस्टमा पर्यटक आगमन एक लाख ६४ हजार छ सय नौ थियो । यो सङ्ख्या सन् २०२३ अगस्टको तुलनामा लगभग २० प्रतिशतले वृद्धि भएको हो । पर्यटन श्रीलङ्काको शीर्ष विदेशी राजस्व उत्पन्न गर्नेमध्ये एक माध्यम हो ।

श्रीलङ्का पर्यटन प्रवर्द्धन ब्युरोका प्रबन्ध निर्देशक नलिन परेराले श्रीलङ्काली पर्यटन अधिकारीहरूले सन् २०२५ मा ३० लाख विदेशी पर्यटकहरूको अपेक्षा गरेको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button