तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते, ३ को अवस्था गम्भीर

जाजरकोट । बोलेरो जिप दुर्घटना हुँदा जाजरकोटमा १५ जना घाइते भएका छन् ।

जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप वडा नम्बर ६ भेरेमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परेर  १५ जना यात्रु घाइते भएको र ३ को अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button