तपाईँ सुन्दै हुनुहुन्छः

आद्रा पर्व शुरु

जनकपुरधाम । तराई मधेशका जिल्लाहरूमा धान रोपाई शुरु भएको खुसीयालीमा किसानहरुले १५ दिनसम्म घर घरमा मनाउने आद्रा पर्व भएको छ ।

१५ दिनसम्म किसानहरुले घर घरमा खीर, पुरी, आँप तथा जामुन खाएर आद्रा पर्व मनाउने चलन रहेकोमा आधुनिकतासँगै हराउन थालेपछि यसको संरक्षणका लागि तराई मधेश लोकतान्त्रिक पार्टीको महिला सङ्गठनले आद्रा महोत्सव २०८१ जनकपुरधाममा मनाएको हो ।

आद्रा नक्षत्र शुरु भएको १५ दिनसम्म रोपाई हुने भएकाले यसको महत्व पनि निक्कै बढी रहेको छ । तर विगत केही वर्ष यता खेतीप्रति नै जागरूकता नदेखिएका युवाहरूलाई आद्राको विषयमा जानकारी नभएकाले जानकारी दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको पार्टीका केन्द्रीय अध्यक्ष बृशेषचन्द्र दादले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button