तपाईँ सुन्दै हुनुहुन्छः

रोहिणी खोलामा डुबेर युवक बेपत्ता

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित रोहिणी खोलामा नुहाउने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् ।

बेपत्ता भएका अन्दाजी १८र१९ वर्षीय युवकको खोजी कार्य जारी छ । गत असार १७ गते सोमबार बिहान साढे ११ बजे खोलामा नुहाउने क्रममा मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–८ का सागर प्रजा डुबेर बेपत्ता भएका थिए ।

नेपाल आयल निगमको निर्माणाधीन पर्खालमा काम गर्दै आएका प्रजाको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे,क्वा, रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) तुलसीराम पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button