तपाईँ सुन्दै हुनुहुन्छः

कृषि, शिक्षा र रोजगारीमा बजेटमार्फत जोड दिन सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा र कृषिमा प्रभावकारी रुपमा बजेट विनियोजन हुन नसकोको भन्दै शिक्षा क्षेत्रमा बजेट थप्न तथा कृषिको आधुनिकीकरण गर्न पर्याप्त मात्रमा बजेट छुुट्याउन माग गर्नुभएको छ ।

विनियोजन विधेयक, २०८१ को मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले शिक्षा क्षेत्रमा अहिलेको आवश्यकताअनुसार बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

सांसदहरुले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण नगरेसम्म गरिबी न्यूनीकरण सम्भव नभएको भन्दै उत्पादकत्व र उत्पादन बढाउने तथा किसानका समस्या समाधान हुने गरी बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरूले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव भएको भन्दै कृषि क्षेत्रको विकासबाट मुलुकको अर्थतन्त्रलाई उकास्न सकिने धारणा राख्नुभयो ।

सांसदहरुले कृषि र सिँचाइलाई एक ठाउँमा राखेर मन्त्रालयको पुनः संरचना गरिनुपर्नेमा जोड समेत दिनुभयो ।
सांसदहरूले सङ्घीयताको मर्म र भावनाअनुसार बजेट विनियोजन हुनुपर्नेमा जोड दिँदै जिल्लाको मुहार बदल्ने तथा धेरै नागरिकले लाभ लिने आयोजनाहरूलाई मात्र सङ्घले बजेट बिनियोजन गर्नुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप र ज्ञानको प्रयोग गरी समृद्धि हासिल गर्ने बजेटमा रहेको योजना सकारात्मक रहेको भन्दै सांसदहरुले कृषिको व्यावसायिकीकरण, आधुनिकीकरण र बजारीकरण गर्नेलगायत बजेटमा समावेश गरिएका विषय प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button