तपाईँ सुन्दै हुनुहुन्छः

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

सङ्खुवासभा । सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् ।  

मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेवल पुलमा क्षति पुगेको छ । विस्थापितहरू आफन्तकहाँ आश्रय लिएर बसेका छन् । पहिरोले कोशी राजमार्ग अन्तर्गतका र ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्काले जानकारी दिनुभयो । बाढीपहिरोबाट मकालु गाउँपालिका–२ सागसेवा र मूलगाउँमा २४ परिवार विस्थापित भएका छन् । बाढीपहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत् पोलमा क्षति पुगेको छ । 

बाढीपहिरोका कारण अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ । जिल्लास्थित तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धार कार्यका लागि तयारी अवस्थामा राखिएको प्रजिअ खड्काले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button