तपाईँ सुन्दै हुनुहुन्छः

सभापति देउवासँग अध्यक्ष नेपालको भेट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

अध्यक्ष नेपाल र सभापति देउवाबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भएको  भेटवार्तामा पछिल्लो राजनीतिक विकास क्रमबारे छलफल भएको एकीकृत समाजवादीका नेता आलोक रायमाझीले राससलाई जानकारी दिनुभयो ।

सभापति देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी दिँदै त्यसमा सामेल हुन प्रस्ताव गर्नुभएको नेता रायमाझीले बताउनुभयो । 

नेता रायमाझीका अनुसार अध्यक्ष नेपालले सभापति देउवाद्वारा प्रस्तुत प्रस्तावमाथि पार्टीमा छलफल गरेर जानकारी दिने बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button