तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई नमूना बनाउनुपर्छ : मुख्यमन्त्री महरा

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई नमूना विश्वविद्यालय बनाउनुपर्ने बताउनुभएको छ ।

मङ्गलवार नेपालगञ्जमा आयोजित दोस्रो वार्षिक समारोहमा विश्वविद्यालयका कुलपति समेत रहनुभएका मुख्यमन्त्री महराले दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालयलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्राविधिक विश्वविद्यालयमा पढेका विद्यार्थीलाई रोजगारी सिर्जना गर्नसक्ने बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री महराले सबै मिलेर छिटो संरचना बनाउनुपर्ने बताउनुभयो ।

उहाँले उच्च शिक्षामा नेपालका विश्वविद्यालय पनि सक्षम रहेको भन्दै युवा पुस्तामा सकारात्मक सोच र भावनाको विकास गर्न सबैले पहल गर्नुपर्ने बताउनुभयो।

गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले लुम्बिनी र गण्डकी विश्वविद्यालयका विचमा सिकाई आदान प्रदान गर्न सकिने बताउनुभयो ।

लुम्बिनीका पूर्व मुख्यमन्त्री एवं संस्थापक कुलपति कुलबहादुर केसीले एक थान विश्वविद्यालय बढाउन मात्रै नभई लुम्बिनीमा आइटीका दक्ष जनशक्ति उत्पादन गर्न, विदेश जाने लर्कोलाई रोक्न र यही रोजगार सिर्जना गर्ने गरी अघि बढिएको बताउनुभयो ।

सामाजिक विकास मन्त्री एवं सह कुलपति रत्नबहादुर खत्रीले विश्वविद्यालयको नाममा छिटो जग्गा ल्याएर संरचना बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button