तपाईँ सुन्दै हुनुहुन्छः

सहमति, सहकार्य र एकताको राजनीति अघि बढ्यो : नेता कोइराला

वीरगन्ज । नेपाली काँग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले मुलुक फेरी सहमति, सहकार्य र एकताको राजनीतिमा अघि बढेको दाबी गर्नुभएको छ ।

लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता एवं पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १ सय १ औँ जन्मजयन्तीको अवसरमा वीरगन्जको छपकैया स्थित इदगाह चोकमा निर्मित कोइरालाको पूर्ण कदको शालिकको अनावरण गर्नुहुँदै वरिष्ठ नेता कोइरालाले काँग्रेस र एमालेबिच भएको सहमतिले अब मुलुक समृद्धिको यात्रामा अघि बढ्ने बताउनुभयो ।

उहाँले अब गठन हुने दुइतिहाई बहुमतको सरकारले संविधान संशोधन गरी अस्थिर राजनीतिको अन्त्य समेत गर्ने दाबी गर्नुभयो ।

कार्यक्रममा सहमहामन्त्री बद्री पाण्डेले राजनीतिक अस्थिरताका कारण मुलुकले संवृद्धि हासिल गर्न नसकेको अवस्थामा संविधान संशोधनसहित स्थिर राजनीतिका लागि दुई ठुला दल एक भई अन्य दललाई समेत समेटेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button