तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा सांसदहरुले खोटाङ जिल्लामा एक बालिका आफ्नै शिक्षकबाट बलात्कार भएको भन्दै त्यस्तो अपराध गर्ने शिक्षकलाई कडा कारबाही गर्न र आजीवन शिक्षण पेशाबाट प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गर्नुभयो । 

सांसदहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीतिक कार्यकर्ताले स्वास्थ्यकर्मीको मनोबल घटाउने कार्य गरेको, काम सकिए पनि निर्माण व्यवसायीलाई समयमा भुक्तानी नदिँदा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

सांसदहरुले संविधान संशोधन गर्न सबै दलहरूले छलफल गर्नुपर्ने, माध्यमिक शिक्षा परीक्षा एसइईमा आधा भन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएकाले सामुदायिक विद्यालयको शिक्षण पद्धतिमा सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यसैगरी सांसदहरुले नेपालको हितमा बिआरआइ परियोजनालाई कार्यान्वयन गर्नुपर्ने, प्राकृतिक विपत्तिमा परेका नागरिकलाई निःशुल्क उपचार गरिनुपर्ने, शान्ति प्रक्रियाको बाँकी काम पुरा नगरिँदा नेपाली सेनाको समेत वृत्ति विकासमा समस्या भएको भन्दै शान्ति प्रक्रियालाई दलहरूले सत्ताको बार्गेनिङ बनाउन नहुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button