नेकपा एस महाधिवेशन: १२ समूहका सुझाव पेस हुँदै
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/07/448898708_1095988998760377_6746741920011900158_n-1024x574.jpg)
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा आएका सुझाव आज पेस हुने भएको छ ।
बाह्र समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्ताबेज परिमार्जनसहित अनुमोदन गरिनेछ ।
आजै एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ ।
एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ । शीर्ष नेतृत्वमा सहमतिको प्रयास भए पनि अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्