तपाईँ सुन्दै हुनुहुन्छः

उपभोक्तामैत्री कानुन आवश्यक : मन्त्री गिरी

पर्वत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले खानेपानीसम्बन्धी उपभोक्तामैत्री कानुन आवश्यक रहेको बताउनुभएको छ ।

पर्वतको शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १८औँ साधारण सभामा मन्त्री गिरीले उपभोक्तालाई न्यून महसुल लाग्ने गरी ऐन संशोधनको आवश्यकतामा जोड दिनुभयो ।

फरक प्रसङ्गमा मन्त्री गिरीले बदमासी गर्ने सहकारी सञ्चालकलाई कारबाहीको दायरमा ल्याउनैपर्ने बताउनुभयो ।

मन्त्री गिरीले ऋण लिएर नतिर्ने सहकारी ठगहरूलाई पनि कालोसूचीमा राखेर राज्यका सेवासुविधाबाट बञ्चित गर्नुपर्ने बताउनुभयो ।

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि आवश्यक कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्री गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button