तपाईँ सुन्दै हुनुहुन्छः

‘धानको उत्पादन वृद्धिमा जलवायुमैत्री प्रविधिको विकास गर्न सरकार लागिरहेको छ’

रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र विस्तारमा सरकार लागिरहेको बताउनुभएको छ ।

२१औँ राष्ट्रिय धान दिवसका अवसरमा गृहजिल्ला रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ काभ्रा पुग्नुभएका मुख्यमन्त्री महराले जलवायु अनुकूलित प्रविधिहरूको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानको उच्च उत्पादन दिने जातहरूको विकास तथा उत्पादनमा बढाउने रणनीतिमा लाग्नुपर्ने बताउनुभयो ।

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१औँ राष्ट्रिय धान दिवसलाई व्यवहारमा लागू गर्न रोल्पाबाट प्रदेशवासीलाई सन्देश दिएको उहाँको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा सुनिल स्मृतिका गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी, पूर्व अध्यक्ष गुणेन्द्र घर्ती र पूर्व उपाध्यक्ष बागमती क्षत्रीनी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button