तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

गलकोट (बागलुङ) I गए राति भीषण वर्षासँगै खसेको पहिराले दुईवटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । 

मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन् ।  

कालीगण्डकी करिडोरअन्तर्गतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । 

मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका–९ गल्याङ र बडिगाड गाउँपालिका–२ हाँडीखोलामा पहिरोले सडक पूर्ण रूपले अवरुद्ध भएको छ । 

 पहिरोका कारण बागलुङ– कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अवरुद्ध भएको छ ।  बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताउनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button