तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा चट्याङ लागेर महिलाको मृत्यु

दाङ। दाङको राजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

खेतमा काम गरिरहेको समयमा शुक्रबार साँझ करिब साढे  ७ बजे परेको चट्याङ लागेर घाइते हुनुभएकी राजपुर गाउँपालिका–२ मटेरिया निवासी करिब ४० बर्षीया भुमिसरा बुढामगरको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका वरिष्ठ प्रहरी निरीक्षक उज्ज्वल शाहले जानकारी दिनुभयो ।

वरिष्ठ प्रहरी निरीक्षक शाहका अनुसार उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button