तपाईँ सुन्दै हुनुहुन्छः

बुद्धको मूर्तिसहित तीन जना पक्राउ

बाँके । प्रहरीले बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं.८ ढकेरी शम्सेरगंजस्थित सडक खण्डमा शङ्कास्पद रुपमा हिँडिरहेका तीन जनालाई भगवान् गौतम बुद्धको मूर्तिसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं.११ बस्ने बर्ष ५० को खिम बहादुर कुवर, सोही ठाउँ बस्ने बर्ष ५० को रामु न्यौपाने र जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा न.१५ बस्ने बर्ष ५८ को निम बहादुर कुवर रहेका छन् ।

शङ्कास्पद रुपमा हिँडिरहेका तीनै जनालाई सोधपुछ गरी खानतलासी गर्दा निजहरू मध्येका खिम बहादुर कुँवरले पछाडि बोकेको खैरो रङको झोला खोली हेर्दा ओम नमः शिवायाः लेखेको भगवान् गौतम बुद्धको मूर्ति फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button