तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा ट्याक्टर दुर्घटना: चालकको मृत्यु 

डोटी । डोटी जिल्लाको सायल गाउँपालिका वडा न-४ मा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ ।

आज (शनिवार) बिहान ८ बजेको समयमा सोही ठाउँ डौड भ्वातलामा से २ भ २६च १७६० नम्बर को ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा कन्चनपुर जिल्लाको झलारीका ४६ वर्षीय ट्याक्टर चालक रामकृष्ण डगौरा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार ट्याक्टर कच्ची सडकबाट १ सय मिटर तल खस्दा ट्याक्टर चालक डगौराको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । 

गिट्टी लोड गरेर उकालो तर्फ जाँदै गर्दा ट्याक्टर पल्टिएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभएको छ । 

ट्याक्टरमा चालक मात्रै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button