तपाईँ सुन्दै हुनुहुन्छः

आइसिसी ट्वान्टी–२० अलराउन्डर वरीयतामा ऐरी एक स्थान तल

काठमाडौँ । नेपालका दीपेन्द्रसिंह ऐरी आइसिसी ट्वान्टी–२० अलराउन्डर वरीयतामा खस्किएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र एक स्थान तल झरेका हुन् । उनी नयाँ वरीयतामा सातौँ स्थानमा पुगेका छन् । यसअघि उनी छैटौँ स्थानमा थिए ।

त्यसै गरी तीन ब्याटर आइसिसी ट्वान्टी–२० वरीयता सुधार गर्न चुकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र आसिफ सेखले यथावत् रहेका छन् । दीपेन्द्र ४६, रोहित ६१ र सेख ७० औँ स्थानमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button