तपाईँ सुन्दै हुनुहुन्छः

गोहीको आक्रमणबाट वृद्धको मृत्यु

नवलपुर । नवलपरासी पूर्व (नवलपुरको) मध्यबिन्दु नगरपालिका दुई सेहरीस्थित नारायणी नदीमा आज नुहाउन गएका वृद्धलाई गोहीले आक्रमण गर्दा मृत्यु भएको छ ।

मध्यबिन्दु नगरपालिका–२ सेहरी बस्ने ७२ वर्षीय मिनबहादुर थारुलाई नुहाउने क्रममा गोहीले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी तथा सूचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

नारायणी नदी किनारको र नुहाउन गएका थारुलाई गोहीले तानेर पानीभित्र डेढ घण्टासम्म राखेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको टोली, प्रहरी ,स्थानीयले डुङ्गाको प्रयोग गरि शव निकालेका थिए ।

गोहीलाई नियन्त्रणमा लिएर निकुञ्जको टोलीले लगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button