तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मी सदरमुकामका मुख्य ठाउँमा ‘हाइमास्ट लाइट’ जडान

गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा ‘हाइमास्ट लाइट’ जडान गरिएको छ । रेसुङ्गा नगरपालिकाका मुख्य ३ वटा चोकहरूमा ‘हाइमास्ट लाइट’ जडान गरिएको छ । रेसुङ्गा नगरले ‘उज्यालो शहर अभियान’ अन्तर्गत शहरका मुख्य चोकहरूमा ‘हाइमास्ट लाइट’ जडान गरेको हो ।

नगरपालिकाले चिदीचौर, बसपार्क र उदिनढुङ्गा जीप पार्कमा बत्ती बल्न थालेको हो । बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नका लागि उच्च क्षमताको हाइ–मास्ट जडान गरिएको हो । अग्लो र धेरै बजार क्षेत्र समेट्ने गरि राखिएको हाइ–मास्ट लाइट प्रविधि युक्त रहेको छ ।

नगरलाई सुन्दर र उज्यालो बनाउनको लागि हाइ–मास्ट जडान भएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । बजार क्षेत्रको विभिन्न नागरिकहरूको चहलपहल हुन्छ ती स्थानमा हुनसक्ने कुनै पनि आपराधिक क्रियाकलापमा कमी ल्याउनका साथै सुन्दर सहर बनाउने उद्देश्यले जडान भएको नगरप्रमुख पन्थीले बताउनुभयो ।

चिदीचौरमा १६ मिटरको लम्बाई भएको पोलमा ३२ सय वाट क्षमताको लाइट जडान भएका छन् । त्यस्तै बसपार्कमा १२ मिटरको पोलमा २४ सय वाट र जिप पार्कमा १२ मिरको लम्बाई भएको पोलमा २४ सय वाट क्षमताका बत्ती जडान गरिएको छ ।

रेसुङ्गा नगरपालिका-१ उदिढुङ्गाका स्थानीय प्रकाश घिमिरेले नगरपालिकाले मुख्य चोकहरूमा ‘हाइमास्ट लाइट’ जडान गरेपछि शान्ति सुरक्षा कायम गर्न र सुन्दर बजार हुनमा खुशी व्यक्त गर्नुहुन्छ । त्यस्तै रेसुङ्गा नगरपालिका-३ का स्थानीय मनिष पाण्डे पनि सुन्दर सहर सँगै रातिको समयमा पनि हिँडडुल गर्न सहज हुने बताउनुभयो । उहाँले रातिको समयमा पनि व्यापार गर्न सहज हुने बताउनुहुन्छ ।

नगरपालिकाको करिब १२ लाखको लागतमा हाइ–मास्ट लाइट जडान गरेर सञ्चालनमा ल्याइएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताए । बजार क्षेत्रमा जडान भएको हाइ–मास्ट लाइटको विद्युत् महशुल रेसुङ्गा नगरपालिकाले व्यहोर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button