तपाईँ सुन्दै हुनुहुन्छः

छाउगोठमा हुने गरेका हिंसाप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउगोठमा हुने गरेका महिलामाथिको हिंसाप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र आगामी दिनमा यस्ता घटना हुन नदिन सचेत रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री लामिछानेले सांसदहरुले विशेष समयमा उठाउनुभएको प्रश्नहरूको जवाफ दिँदै अछाममा असार ४ गते १६ वर्षकी बालिका छाउगोठमा बलात्कृत भएको घटनाको विवरण सभालाई जानकारी गराउनुभयो ।

मन्त्री लामिछानेले पीडित किशोरीको उपचार भइरहेको र घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको भन्दै महिला तथा बालबालिकामाथि हुने कुनै पनि हिंसामा शुन्य सहनशीलता कायम गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउनुभयो ।

छाउपडी प्रथाका विषयमा भएका विभिन्न अध्ययन प्रतिवेदनको अध्ययन गर्न एक समिति बनाउने निर्णय गरेको पनि गृहमन्त्री लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button