तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ४९ करोड ९८ लाख

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको अनुमानित आयव्यय बजेट प्रस्तुत गरेको छ ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा आज भएको महानगरपालिकाको चौधौँ नगर सभामा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गर्नुभएको हो ।

महानगरको प्रशासनिक खर्चतर्फ ५९ करोड, ऋणको साँवा ब्याज भुक्तानीका लागि ५ करोड, चालु आर्थिक वर्षको दायित्व भुक्तानीका लागि ३ करोड ३४ लाख खर्च हुने अनुमान बजेटले गरेको छ ।

समपूरक कार्यक्रममा ६ करोड, वडास्तरीय योजनाका लागि ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन भएको छ भने योजना निर्माण गर्ने क्रममा महानगरपालिकाले १९ वडालाई दुई करोड दरले बजेट विनियोजन गरेको छ ।

अधिवेशनमा महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीमित स्रोत र साधनको अधिकतम प्रयोग गर्दै भौतिक संरचनाको विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा परिणाममुखी काम गर्न महानगरपालिका सफल भएको बताउनुभयो ।

महानगरले चालु आर्थिक वर्षको बजेटमध्ये जेठ मसान्तसम्म २ अर्ब १५ करोड ६० लाख खर्च गरेको छ । यो विनियोजित बजेटको ६४.१३ प्रतिशत हो ।

उक्त खर्चमध्ये चालुतर्फ १ अर्ब २५ करोड ११ लाख र पुँजीगततर्फ ८८ करोड १३ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ ।

चालु आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ३६ करोड १७ लाखको बजेट ल्याएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button