तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: भ्रष्टाचारका विभिन्न काण्डहरूमाथि निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण                   

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचारका विभिन्न काण्डहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै सांसद् झक्कुप्रसाद सुवेदीले उच्च ओहोदामा रहेका व्यक्तिहरूको नाम भ्रष्ट्राचारको मुद्दामा जोडिनु सुखद नभएको भन्दै भ्रष्टाचारका विभिन्न काण्डहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै सांसद् कमला पन्तले भ्रष्टाचारलाई न्यूनीकरण गर्दै सुशासन प्रवर्द्धन गर्ने कार्यमा प्रशासनिक र राजनीतिक क्षेत्र दुवै कटिबद्ध हुनुपर्ने बताउनुभयो । 

सांसद सुमित्रा विसीले संसद्का आन्दोलनरत  कर्मचारीका जायज माग  सम्बोधन गर्न गठित समितिले चाँडो भन्दा चाँडो निष्कर्ष निकाल्नुपर्नेमा जोड दिनुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले नागरिकलाई सरल र सहजरुपमा स्वास्थ्य उपचार गर्ने गरी स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद् वामदेव गौतमले कार्बन व्यापारलाई पारदर्शी र व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद् गोमादेवी तिमिल्सेनाले महिलामाथि हुने सबै किसिमका हिंसाको अन्त्य गर्न हिंसामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button