तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा एक पुरुषको मृत्यु   

गुल्मी । गुल्मीमा छल्दि खोलाले बगाउँदा एक  पुरुषको मृत्यु भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ निवासी ७० वर्षीय खुमबहादुर नेपालीको छल्दि खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । 

 असार ७ गते मुसिकोट नगरपालिका वडा नम्बर– १ अरेवा ससुराली गएका नेपालीलाई अर्को दिन घर फर्किँदा छल्दिखोला तर्ने क्रममा  खोलाले बगाएको थियो । खोलाले बगाएका मृतक नेपालीको शव मुसिकोट नगरपालिकाको बडिगार्ड जुमई स्थित खोला किनारमा फेला परेको थियो । 

   माछा मार्ने क्रममा खोला किनारमा शव फेला परेपछि स्थानीयले  प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button