तपाईँ सुन्दै हुनुहुन्छः

सङ्खुवासभामा बाढीपहिरोले २४ घर परिवार विस्थापित

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिका–६ सागसेवामा आएको बाढीपहिरोले २४ घर परिवार विस्थापित भएका छन् ।

एक सातासम्म लगातार परेको वर्षापछि गुहे खोल्सामा आएको बाढीपहिरोले २४ घर उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो । उच्च जोखिममा परेका ती परिवारहरूलाई आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । बाढीपहिरोले मानवीय क्षति भने भएको छैन ।

क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रजिअ खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार खोल्साको बाढीले सडकसमेत बगाएको छ । भोटखोला गाउँपालिका–४ मा पर्ने लामाबगर माथिबाट आएको पहिरोले करिब ३० मिटर सडक बगेको छ । सोही स्थानमा रहेको खाल्डे खोला माथिबाट आएको पहिराले ३५ मिटर सडक पुरेको प्रजिअ खड्काले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button