तपाईँ सुन्दै हुनुहुन्छः

‘गणतन्त्रपछि मुलुक विकास र प्रगतिको बाटोमा’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रपछि मुलुक विकास र प्रगतिको बाटोमा क्रमशः अगाडि बढिरहेको बताउनुभएको छ ।

गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेका तस्बिर प्रदर्शनीको अवलोकन पश्चात् उहाँले गणतन्त्रपछि हरेक क्षेत्रमा सम्भावनाका ढोका खुलेका बताउनुभयो ।

अध्यक्ष यादवले गणतन्त्रपछि केही भएन भन्ने गरिएकामा त्यसलाई चिर्न तस्बिर प्रदर्शनी सफल भएको र सबैले यस्ता रचनात्मक काममार्फत जवाफ दिन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button