तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक गर्मीका कारण ६ दिनमा पाँच सय जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको दक्षिणी क्षेत्रमा अत्यधिक गर्मीका कारण ६ दिनमा मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघेको छ ।

एम्बुलेन्स सेवा दिने ‘इधी’का अनुसार विगत छ दिनमा अत्यधिक गर्मीका कारण ५६८ जनाको शव सङ्कलन गरेको जनाइएको छ ।

कराची सहरमा तापक्रम ४० डिग्री नाघेपछि मृतकको सङ्ख्यामा पनि वृद्धि भएको हो । जाकोबाबाद शहरमा तापक्रम ५२ डिग्री नाघेको अधिकारीहरुले बताएका छन् ।

पाकिस्तानको ती क्षेत्रमा बढेको तापक्रमलाई मौसम विद्हरूले “आंशिक उष्णलहर“ भनेका छन् । प्रभावित क्षेत्रहरूमा सर्वसाधारण मानिसलाई राहत प्रदान गर्ने उद्देश्यले उष्णलहर केन्द्र र शिविरहरू स्थापना गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button