तपाईँ सुन्दै हुनुहुन्छः

नाग्म बजारमा अर्ग्यानिक कोसेली घर

जुम्ला । कर्णाली राजमार्गमा पर्ने जुम्ला र कालीकोटको सिमानामा रहेको नाग्म बजारमा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाले अर्ग्यानिक कोसेली घर स्थापना गरेको छ ।

जिल्लामा उत्पादन हुने रैथानेबालीको बजारीकरणका लागि अर्ग्यानिक कोसेली घर स्थापना गरिएको सो सहकारीका प्रबन्धक विश्वराज खत्रीले बताउनुभयो ।

कर्णालीका रैथाने कृषि तथा पशुजन्य वस्तु सङ्कलन गरी कोसेली घर स्थापना गरिएको हो । संस्थामा आबद्ध सदस्यको आम्दानी बढाउन तथा किसानलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको प्रबन्धक खत्रीले बताउनुभयो ।

स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहजरूपमा बिक्री गर्न र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्गमा कोसेली घर सञ्चालन गरिएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाले जनाएको छ । सहकारीमा आबद्ध महिला सदस्यले उत्पादन गरेका रैथाने बाली कोसेली घरमा राखिने छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button