तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको अर्को बैठक असार ९ गते बस्ने

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमा सहमतिका लागि प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक असार ९ गते आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button