तपाईँ सुन्दै हुनुहुन्छः

एभरेस्ट सुगर मिलद्वारा उखु किसानलाई १ अर्ब ६१ करोड भुक्तानी

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रहेको एभरेस्ट सुगर मिलबाट उखु किसानले रु एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी पाउनुभएका छन् । एभरेस्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको बताउनुभएको छन् ।

“चालु आर्थिक वर्षमा किसानहरूको बक्यौता चुक्ता समयमै भुक्तानी पाएपछि उत्साहित हुनुभएको छन् । अब उखु किसानले थप जमिनमा उखु रोप्ने गौशाला नगरपालिका–११ का किसान दिनेश कुशवाहाले बताउनुभयो ।

मिलले चालु आर्थिक वर्षमा महोत्तरी, धनुषा, सर्लाही र रौतहटका १४ हजार चार सय ४४ जना किसानहरूबाट २९ लाख चार हजार पाँच सय ११ क्विन्टल उखु खरिद गरेर कूल दुई लाख ६४ हजार चार सय ९१ क्विन्टल चिनी उत्पादन गरेको महाप्रबन्धक ठाकुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button