तपाईँ सुन्दै हुनुहुन्छः

बारामा यस वर्ष ८७ हजार मेट्रिकटन मकै उत्पादन

बारा । बारामा यस बर्ष १४ हजार ४ सय ९० हेक्टर क्षेत्रफलमा हिउँदे र बसन्ते मकै खेतीबाट ८६ हजार ६ सय ९५ मेट्रिकटन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

हिउँदे मकै किसानहरुले कुल ५ हजार ८ सय ६० क्षेत्रफलमा प्रति हेक्टर ६ दशमलव ४ मेट्रिकटनका दरले ३७ हजार ५ सय ४ मेट्रिकटन मकै उत्पादन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार ८ हजार ६ सय ३० हेक्टर क्षेत्रफलमा बसन्ते मकै खेती गरि किसानहरुले प्रति हेक्टर ५ दशमलव ७ प्रतिशतको दरले कुल ४९ हजार १ सय ९१ मेट्रिकटन उत्पादन गरेको कृषि प्रचार अधिकृत रामजिवन ठाकुरले बताउनुभयो ।

गत बर्ष कृषकहरूले हिउँदे मकै ५ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा खेती गर्दा प्रति हेक्टर क्षेत्रफलमा ६ दशमलव ४ मेट्रिकटनको दरले ३७ हजार ४ सय ४० मेट्रिकटन मकै उत्पादन भएको थियो ।

त्यस्तै, गत वर्ष बसन्ते मकै ८ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा प्रति हेक्टर ५ दशमलव ७ मेट्रिकटनका दरले कुल ४९ हजार ५ सय ९३ दशमलव ७५ मेट्रिकटन मकै उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख साहले जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा यस बर्ष मकै उत्पादनमा केही वृद्धि भए पनि समग्रमा मकै उत्पादनमा भने कमी हुन गएको ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button