तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा परी लमजुङमा चारजनाको मृत्यु

लमजुङ। जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ ।

पहिराले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताउनुभयो । उहाँले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button