तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायीक बन्दै रुपन्देहीका कलाकार 

रुपन्देही । १८ बर्ष देखि बुटवलमा आर्ट ग्यालरी सञ्चालन गरेका बिष्णु सुवेदी २ बर्ष अघि भैरहवा झर्नुभयो । भैरहवाको मुटु बुद्ध चोकमा सुवेदीले ओम आर्ट स्टिकर सञ्चालनमा ल्याउनुभएको छ । ओम आर्ट  अहिले भैरहवाको एउटा सुपरिचित आर्ट ग्यालरी हो । बिष्णु, भन्नुहुन्छ “भैरहवामा आर्ट ग्यालरीको राम्रो सम्भावना देखेर आएको हुँ” । 

त्यस्तै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट फाइन आर्टमा स्नातक गर्नुभएका ३४ वर्षीय नहकुल विश्वकर्मा काठमाडौँ छोडेर ३ बर्ष अघि भैरहवा  आउनुभयो । जीवनको पहिलो पटक भैरहवा प्रवेश गरेका नहकुल आफ्नो कलाले बजार पाउने सम्भावना देखेर भैरहवा आउनुभएको हो । 

भैरहवामा रहेको अन्तर्राष्ट्रिय विमानस्थल, सीमा नाकाको शहर र नजिकैको लुम्बिनी देखेर नहकुलले यहाँ आर्ट ग्यालरीको सुरुवात गरे । नहकुल भन्नुहुन्छ,“चित्रकला गरेर जीवन चलाउनु छ, भने यसलाई व्यावसायिकता तिर जोड्नुपर्छ भन्ने ठानेर भैरहवामा आर्ट ग्यालरीको शुरुवात गरेको हु । नहकुलले भैरहवा एकदमै ताजा बजार र भावी सम्भावना बोकेको सहरको रुपमा रहेकोले आर्ट ग्यालरीको सोच ल्याएको बताउनुभयो । 

नहकुलको परिवार अहिले आर्ट ग्यालरीको आम्दानीबाट जीविकोपार्जन गर्न सफल छ । उनको ग्यालरीमा सुन्दर कलाहरू देख्न सकिन्छ । ग्यालरीमा नेपालका विभिन्न पर्यटकीय स्थल, गौतमबुद्ध, लुम्बिनीका पेन्टिङ आर्टहरू देख्न सकिन्छ । 

नहकुल मात्र होइन रुपन्देही अहिले कलाकारहरूको लागी रोजाइ बन्न थालेको छ । १८ बर्ष देखि बुटवलमा आर्ट ग्यालरी सञ्चालन गर्नुभएका बिष्णु सुवेदी । उहाँले बिस्तारै  बुटवल सँगै भैरहवाको मुटु बुद्ध चोकमा ओम आर्ट स्टिकर सञ्चालनमा ल्याउनुभएको छ । ओम आर्टले अहिले बुटवल र भैरहवाको एउटा सुपरिचित आर्ट ग्यालरी हो । बिष्णु भन्नुहुन्छ  रुपन्देहीको मुख्यतया बुटवल र भैरहवामा आर्ट ग्यालरीको राम्रो सम्भावना देखेर आएको हु । 

अर्का कलाकार जसले ग्यालरीमै बसेर कला मार्फत तस्बिर सिर्जना गर्दै आएका उनी हुन् गणेश घिमिरे । गणेशले सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा प्रतिभा आर्ट बि सं २०६६ साल देखि सञ्चालन गर्नुभएको छ । उहाँको कला विशेष छ । गणेशले, हेन्डिक्राफ्ट आर्ट गर्नुहुन्छ  । उहाँको ग्यालरीमा देख्न सकिन्छ, कसरी फेरिएका बस्तु धानको डाँठ, काठका छिर्का लगायत बाट उनले विभिन्न तस्बिरहरू सिर्जना गर्ने गर्नुभएको छ । ३३ बर्ष देखि भैरहवामा रहेर कला गर्दै आएका गणेश, भन्नहुन्छ रुपन्देहीको शहर भविष्य बोकेको शहर हो, यहाँ आर्ट ग्यालरीको राम्रो सम्भावना देखेको छु । गणेशले स्थानीय सरकारले आफूहरू प्रति चासो दिएर विभिन्न कला प्रदर्शनी लगायतका कार्यक्रम ल्याउनुपर्ने बताए। 

 यी प्रतिनिधिमूलक उदाहरणले प्रमाणित गर्दछ, रुपन्देही कला क्षेत्रमा पनि धनी बन्दै जान थालेको छ । यहाँ खुलेका आर्ट ग्यालरीहरू यस क्षेत्रको पर्यटन सँग जोड्न सके यस जिल्लाले परिचय थप्ने निश्चित छ । कलालाई पर्यटनसँग जोडेर यहाँका स्थानीय सरकारले नवीन परिचय स्थापित गर्न सफल हुने देखिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button