तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० पारित गरेको छ ।

अर्थ मन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० सभाले सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक असार ४ गते मङ्गलवार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button