तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक लेखा समितिको बैठक: 

बेरुजु असुल उपर गरी समयमा फर्स्यौट गर्न सम्बन्धित निकायलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठकले मुलुकमा बेरुजु बढ्दै गएकोले आर्थिक अनुशासन र वित्तीय अनुशासन कायम गर्न पुराना बेरुजु असुल उपर गरी समयमा फर्स्यौट गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयमा प्रथम श्रेणीको कर्मचारी कार्यालय प्रमुख हुनेगरी व्यवस्था गर्न र आवश्यक कर्मचारी थप गर्न व्यवस्थापन सर्वेक्षण गर्न गराउन पनि निर्देशन दिएको छ ।

यसैगरी बैठकले कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालय भाडामा रहेकाले यस्ता अभिलेखहरू संरक्षण गर्न चुनौती हुनेहुँदा कार्यालयलाई यथाशीघ्र सरकारी भवन उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

यसैगरी बैठकले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको तथा निर्माण पक्षहरूमा त्रुटिहरू रहेको भन्ने सम्बन्धमा समितिले दुईवटा टोली बनाई स्थलगत अध्ययन भ्रमण गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button