तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: बजेटमाथि छलफल जारी

काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को  बजेट माथिको सामान्य छलफल आज पनि जारी छ । 

बैठकको आरम्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७९/८० सभा समक्ष पेश गर्नुभयो । 

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसद माया प्रसाद शर्मा, कमला पन्त, शारदादेवी भट्ट, जयन्तीदेवी राई, पूजा चौधरी, तुलप्रसाद विश्वकर्मा, अन्जान शाक्य, नरबहादुर बिस्ट पदमबहादुर परियार, सोनाम ग्याल्जेन शेर्पा, गोमादेवी तिमल्सिना लगायतले  बजेटका उद्देश्य स्पष्ट भएकाले यसमा दुबिधा नभएको र यो कार्यान्वयन योग्य भएको बताउनुभयो । 

छलफलमा सांसदहरुले आर्थिक सुधारको वर्ष घोषणा गर्ने कार्यक्रम सकारात्मक भएपनि राजस्व चुहावट रोक्न रणनीति नल्याएको, कृषिलाई प्राथमिकता दिए पनि बजेट अघिल्लो वर्ष भन्दा कम भएको र संवैधानिक आयोगहरूलाई बजेट कम भएको बताउनुभयो । 

सांसदहरुले बजेटमा प्रधानमन्त्रीको छोरीलगायतका कार्यक्रम नयाँ कार्यक्रम भएकाले  आम नागरिकमा आशा पलाएको बताउनुभयो । 

छलफलमा सांसदहरुले देशको अर्थतन्त्र जटिल अवस्थामा रहेका बेला सरकारले ल्याएको बजेट सकारात्मक भएको विचार व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button