तपाईँ सुन्दै हुनुहुन्छः

अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक संसदीय समितिबाट पारित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ पारित गरेको छ ।

समितिको आज बसेको बैठकले राष्ट्रियसभाबाट पारित भएर आएको उक्त विधेयकमाथि दफावार छलफल सकेर अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ सर्वसम्मत रूपमा पारित गरेको हो ।

विधेयकमा राष्ट्रिय महत्वका कागजात नेपाल बाहिर लैजान नपाउने, त्यस्ता कागजात नेपाल बाहिर लानुपर्ने अवस्थामा मन्त्रिपरिषद्को स्वीकृत लिनुपर्ने लगायतका व्यवस्थाहरू रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button