तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री लामिछाने विरुद्धको रिट निवेदन दर्ता

काठमाडौँ ।  सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध पेस भएको रिट निवेदन आज दर्ता गरिएको छ । सहकारीको रकम अपचलनमा संलग्न रहेको जिकिर गर्दै  अधिवक्ता अनुपम भट्टराईले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको थियो ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यही जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपिठ आदेश) खारेज गर्दै दर्ता गर्न आदेश गरेको हो । उक्त रिट निवेदनमाथि यही जेठ १६ गते सुनुवाइका लागि पेशी तोकिएको छ । 

रिट निवेदनमा सहकारी ठगी प्रकरणमा जोडिएका  भनिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र लामिछानेविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग समेत गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button