तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

मकवानपुर । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, खेलकुद, कृषि तथा भौतिक निर्माणलाई प्राथमिकतामा राखिएको छ। बागमती प्रदेशमा प्रदेश बैङ्क स्थापना गर्ने र ‘एक विद्यालय एक नर्स’ कार्यक्रम घोषणा गरिएको छ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा मानसिक स्वास्थ्य प्रवर्द्धन र आत्महत्या न्यूनीकरण कार्यक्रम अघि सार्ने, विषादीमुक्त भान्छा अभियानलाई प्रवर्द्धन गर्ने र विपन्न नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने नीति तथा कार्यक्रममा समावेश छ।

प्रमुख शर्माले खेलकुद क्षेत्रमा चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने र हेटौँडाका खेल पूर्वाधार निर्माणलाई तीव्रता दिने उल्लेख गर्नुभएको छ। त्यस्तै, कृषिमा ‘स्मार्ट एग्रिकल्चर’ अवधारणा लागू गर्ने र शून्य प्लाष्टिक अभियान सञ्चालन गर्ने घोषणा छ।

बृहत् हेटौँडा अवधारणा कार्यान्वयन, प्रदेश लगानी बोर्ड गठन र राजनीतिक क्रान्ति स्मृति सङ्ग्रहालय स्थापनाको नीतिसमेत समावेश गरिएको छ । त्यस्तै, विद्युतीय सवारी साधन प्रवर्द्धन र यातायात क्षेत्रको डिजिटलाइजेसन गर्ने कार्यक्रमहरू पनि समावेश गरिको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button