तपाईँ सुन्दै हुनुहुन्छः

नुहाउन गएका युवाको तिनाउमा डुबेर मृत्यु

रुपन्देही । तिलोत्तमाका एक युवाको तिनाउमा डुबेर मृत्यु भएको छ ।

तिनाउ उत्खनन्का क्रममा परेको खाल्डोमा डुबेर तिलोत्तमा नगरपालिका–६ पुरानो सडकका १६ वर्षीय बिद्यान्स भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । स्थानीय नारायणप्रसाद भुसाल र तारा भुसालका कान्छा छोरा बिद्यान्सले गत चैतमा शान्ति नमुना माविबाट एसइई परीक्षा दिएर बसेका थिए।

फुटबल खेलेपछि पौडी खेल्न भन्दै तिनाउ खोलामा गएका उनी गहिरो दहमा डुबेका थिए। दहमा डुबेका भुसाललाई स्थानीय र प्रहरीको सहयोगमा बिहान १० बजे बाहिर निकालिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button