तपाईँ सुन्दै हुनुहुन्छः

‘स्वास्थ्य क्षेत्रमा बजेटको कमी हुन दिन्नौँ’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन नदिन प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्वास्थ्य सेवा विभागको आज निरीक्षण गर्दै उहाँले स्वास्थ्य संवेदनशील क्षेत्र रहेकाले बजेट बढाउन पहल गरिरहेको बताउनुभयो ।

“तपाईँहरू काम गर्नुस् । बजेटको कमी हुन दिने छैन । मैले यसबारे अर्थ मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको छु । बजेटको सिलिङ बढ्छ”, मन्त्री यादवले भन्नुभयो । स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रत्येक विभाग, महाशाखा र केन्द्रका लागि पर्याप्त बजेटको व्यवस्थापन गरिने उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री यादवले महामारी जहिल्यै पनि आउन सक्ने र यसका लागि तयारी अवस्थामा रहन सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button